प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८

सर्भे साहित्य सभा

नेपालमा हरेक वर्ष भाद्र १७ गते "सभेयर्स डे" नापी पेशासँग आबद्ध व्यक्तिहरूको सक्रिय सहभागितामा विविध कार्यक्रमहरूका साथ मनाइँदै आएको छ। यस अवसरमा देशभरका नापी पेशाकर्मीहरूले रक्तदान, मैत्रीपूर्ण खेलकुद, प्राविधिक छलफल, अनलाइन अन्तर्क्रिया तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै पेशागत एकता र सेवाभावको सन्देश प्रवाह गर्दै आएका छन्। यसै क्रममा, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले पहिलो पटक पेशागत अनुभव, विचार र सिर्जनालाई साहित्यिक रूपमा प्रस्तुत गर्ने उद्देश्यले “सभे साहित्य सभा” को अवधारणा सुरु गरेको हो। सभे साहित्य सभाले नापी पेशालाई प्राविधिक सीमाभन्दा बाहिर ल्याउँदै यसको सामाजिक, ऐतिहासिक तथा बौद्धिक पक्ष उजागर गर्ने साझा मञ्च प्रदान गर्दछ। हरेक वर्ष सर्भे साहित्य सभामा वाचन भएका रचनाहरुलाई तल समावेश गरिएको छ |

सर्भे साहित्य २०७९