लामो आवधिका तालिम कार्यक्रमहरू मोड्युल प्रणालीमा आधारित हुन्छन्, जसअन्तर्गत प्रत्येक विषयलाई ३ देखि ४ हप्ताको अवधिमा पढाइन्छ। यी तालिमहरू सैद्धान्तिक अवधारणाहरू, प्रयोगात्मक कक्षा र प्रयोगशालाहरू, साथै फिल्ड अभ्यासहरू मार्फत प्रदान गरिन्छ, जसले सैद्धान्तिक ज्ञान र व्यवहारिक सीप भएका जनशक्ति उत्पादन गर्न सहयोग पुर्याउँछ।

सैद्धान्तिक मोड्युलहरूमा निम्न विषयहरू समावेश हुन्छन्:

  • सर्भेइङ तथा जिओ-इन्फर्मेटिक्सको परिचय,

  • गणित र भौतिकशास्त्र,

  • कम्प्युटर ,

  • जियोडेसी,

  • फोटोग्रामेट्री,

  • रिमोट सेन्सिङ,

  • भौगोलिक सूचना प्रणाली (GIS),

  • Cartography,

  • नाप नक्सा तथा जग्गा प्रशासन (Cadastral Survey & Land Administration),

  • इन्जिनियरिङ सर्भे।

तीनदेखि चारवटा फिल्ड सर्भे मोड्युलहरूमा परम्परागत सर्भे, Geodetic Control, र इन्जिनियरिङ तथा निर्माण सर्भे विधिहरू समावेश गरिन्छ।

अन्तिम स्वतन्त्र परियोजना मोड्युलमा प्रशिक्षार्थीहरूलाई विभिन्न Geoinformatics तथा जग्गा प्रशासन सम्बन्धी परियोजना कार्य तथा अनुसन्धान गतिविधिहरू गर्न प्रोत्साहित गरिन्छ। यी परियोजना र अनुसन्धान कार्यहरू प्रशिक्षकहरूको निगरानी र प्रेरणामा सञ्चालन गरिन्छ ताकि अनुसन्धान अभ्यासको प्रवर्द्धन होस्।